काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सस्तिएको छ । निरन्तर तीन दिन महंगिएको सुन सोमबार सस्तिएको हो । आज साउन १६ गते, सुन तोलामा ४०० रुपैयाँले सस्तिएको छ ।
आज सोमवार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको दोश्रो दिन आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा झरेको छ । यसअघि निरन्तर चार दिन चाँदीको मूल्य बढेको थियो ।