Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी स्थायी समिति बैठकः प्रचण्ड जापान जाने भएपछि प्रदेश बैठक सारियो


    शुक्रबार, साउन १३ २०७९
    725
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्व निर्धारित प्रदेशका बैठकको समयतालिका हेरफेर गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रवार  बसेको पार्टीको स्थायी कमिटीको बैठकले यसअघि तय भएका प्रदेशस्तरीय बैठकको समयतालिका हेरफेर गरेको हो ।

    आगामी साउन २१ देखि २५ गतेसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएकाले प्रदेश बैठक सारिएको बताइएको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जन प्रगतिशील मञ्चको निम्तामा अध्यक्ष प्रचण्ड जापान जान लागेको जानकारी दिए ।  

    प्रवक्ता महराका अनुसार प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बैठक बस्ने बताए । प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने जानकारी उनले दिएका छन् । 

    माओवादीले पार्टीका पदाधिकारी समेत टुंगो लगाउन सकेको छैन । पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्ने पनि मराले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार