काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन् । प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हुन् ।
उनले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो। उनले गठबन्धनका अन्य दलहरूले सबैकुरा आफूहरू नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए ।
‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । मंसिरको पहिलो सातामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ,’ उनले भने, ‘केन्द्रीय समितिमा पनि छलफल भएको छ ।
दुई/तीनवटा कुराहरू राखेका छौँ । माओवादी, एकीकृत समाजवादी या जनता समाजवादीले जसरी कुराहरू उठाइरहनुभएको छ । उहाँहरूलाई हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ । त्यस्तो होइन ।
नेपाली काँग्रेस ठूलो, पुरानो र स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । नेपाली काँग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हामीहरूको सोच ।’
नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरूमा खुशी छाएको उनको भनाइ छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend