Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन ११ गते बुधवारको सुन चाँदीको भाउ


    बुधबार, साउन ११ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली  बजारमा आज पनि सुनको भाउ घटेको  छ । आज बुधबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ  भने आज वृद्धि भएको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार २०० रुपैयाँ तोकिएको थियो ।
     आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोवार भइरहेको छ  ।

    हिजो मंगलबार भने चाँदीको तोलामा पाँच रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार १५० रुपैयाँमा झरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार