Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित


    मंगलबार, साउन १० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा पेश गरेको उक्त विधेयक मंगलबारको बैठकले पारित गरेको हो ।

    साउन ८ गते शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पेश भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ गणपुरक संख्या अपुग भएका कारण पारित हुन सकेको थिएन ।

    राष्ट्रिय सभाबाट भएको संशोधनसहितको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार