काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
केसी नेकपा एमाले हुँदै केही समयअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन् । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौडेल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीसहित १० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
उमेरका कारण उनको नियुक्ति नहुने हल्ला चले पनि सरकारले उनलाई अध्यक्ष बनाएको छ ।