काठमाडौं । प्रदेश १ को नामाकरणको बहस चलिरहँदा मुख्यमन्त्री राजेन्द्रकुमार राईले केही दिनअघि दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका सांसदहरूले प्रदेश सभामै आपत्ति जनाएका छन् । उनीहरूले मुख्यमन्त्री राईको अभिव्यक्ति मान्छे उचाल्ने र सामाजिक सद्भाव भड्काउने खालको भएको भन्दै विरोध जनाएका हुन् ।
प्रदेश सभाको शून्य समयमा एमाले सांसद बिनादेवी राईले विपक्षमा रहँदा नामाकरण छिटो गर्नु पर्याे भन्ने दलहरू नै अहिले नामाकरणका विषयमा मौन रहेको बताइन् । मुख्यमन्त्रीले जनतालाई उचाल्ने काम गरेको र हिंसा भड्काउन खोजेको आरोप उनले लगाइन् । ‘मुख्यमन्त्री जनता समक्ष गएर जनतालाई उचाल्ने काम गरिरहेका छन्, म जसरी पनि किराँत बनाउँछु, छिट्टै म नामाकरण गर्छु भनिराख्नु भएको छ,’ उनले प्रश्न गरिन्, ‘आज जनता सडकमा आन्दोलित छन् तर सरकारको मुख्यमन्त्रीले नामाकरणको विषय किन टेबुल नगरेको ? सरकार आफैं हिंसा भड्काउने उद्वेलित छ सभामुखज्यू ।’
नले जनताहरूको भावना अनुसार तत्काल प्रदेश १ को नामाकरण गर्न समेत माग गरिन् ।
पूर्वराज्यमन्त्री तथा एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्रीको केही समयदेखि यता आएको अभिव्यक्तिले मुलुककै ध्यान खिचेको बताए । उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुक उथलपुथल हुन्छ भन्न नमिल्ने जिकिर गरे ।
‘मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुकको उथलपुथल हुन्छ भन्न मिल्छ कि मिल्दैन ? विद्रोह हुन्छ भन्न मिल्छ कि मिल्दैन ? सामाजिक जातीय सद्भाव भड्किने गरी अरु पहिचानवालालाई असर पर्ने गरी जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिन हुन्छ कि हुँदैन ?,’ उनले भने, ‘म मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, यसको जवाफ दिनुपर्छ, मान्छेको आफ्नो पोजिसनको हैसियत हुन्छ, त्यसको मर्यादाको कामय गर्नुपर्छ कि पर्दैन ?’
प्रदेश १ का मुख्यमन्त्री राईले मुख्यमन्त्री कार्यालयमै ज्ञापनपत्र बुझाउन गएका किराँत राई यायोख्खाको नेतृत्व समक्ष साउन २ गते भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए । उनले यायोख्खाका प्रतिनिधिहरूलाई सडकमा उत्रिन जरूरी हुने बताएका थिए । मुख्यमन्त्री राईले पहिचानविनाको नामाकरण भए प्रदेशवासीहरूमा राज्यप्रति अलगावको स्थिति पैदा हुने, नागरिकहरू विदेशिने, कर नतिर्ने र राज्यलाई नै नटेर्ने अवस्था सिर्जना हुने र मुलुक नै विखण्डनसम्म हुनसक्ने तर्क गरेका थिए ।
सरकारले नामाकरण गर्ने भए उहिले नै किराँत प्रदेश राख्ने निर्णय गरिसक्ने उनले बताएका थिए ।
मुख्यमन्त्री राईले आफू नामको पक्षमा भित्री दिलदेखि नै किराँतको पक्षमा रहेको ज्ञापनपत्र बुझाउन पुगेका यायोख्खाका प्रतिनिधिहरूलाई भनेका थिए । उनले सत्ता साझेदार मुख्य दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पहिचानलाई स्वीकार गर्ने बताएका थिए ।
आफ्नो अभिव्यक्ति विवादित बनेपछि त्यसपछिका कार्यक्रमहरूमा भने मुख्यमन्त्री राईले आफ्नो भनाईलाई गलत अर्थ लगाइएको बताउँदै आएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend