Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री राईले हिंसा भड्काउन खोजे : एमाले सांसद अधिकारी


    सोमबार, साउन ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।

    एमाले सांसद लिलावल्लभ अधिकारीले प्रदेशको नामकरणको विषयलाई लिएर उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दा भएको र नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा माग गरेका हुन् । 

    मुख्यमन्त्री राई प्रदेश–१ को नाम किराँत राख्नुपर्ने पक्षमा छन् । उनले किराँत नामकै विषयमा अभिव्यक्ति दिने गरेका छन् । उनले भने, ‘एउटा सीमित जाति विशेषको लागि मात्र नभएर सबैको भावनाबारे सोच्नु पर्छ । पदको गरिमा कायम गर्नुपर्छ । मानिसको भूमिका समय परिस्थितिअनुसार फरक हुन्छ ।’ 

    सांसद बिनादेवी राईले नामको विषयमा विपक्षमा हुँदा नाम राख्ने भन्ने तर सरकारमा पुगेपछि नामको विषयमा चासो नदिएको भन्दै सरकार के गरेर बसिरहेको छ भन्दै प्रश्न गरिन् । सरकार नै हिंसा भड्काउन उद्धत रहेको भन्ने बाहिर सन्देश गएकाले जनताको मागअनुसार तत्काल नामकरण गर्न आग्रह गरिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार