Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता विधेयक खुकुलो होइन व्यवस्थित बनाउन ल्याइएको हो : गृहमन्त्री खाँण


    सोमबार, साउन ९ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता संसोधन विधेयक खुकुलो बनाउन नभई व्यवस्थित बनाउन ल्याईएको बताएका छन् ।

    राष्ट्रियसभा बैठकमा आज नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली नागरिकलाई व्यवस्थित रुपमा नागरिकता उपलब्ध गराउने उद्देश्यले सरकारले विधेयक बताएका हुन् । 

    उनले नागरिकता वित।ण गर्ने संसोधित व्यवस्था खुकुलो बनाउन ल्याएको भनि आशंका नगरिदिन सांसदहरुलाई आग्रह समेत गरेका छन् ।

    ‘देशभरिका करिब ६ लाख युवाले विविध कारणले नागरिकता पाउन सकेका छैनन’, राष्ट्रियसभामा प्रशनहरुको जवाफ दिंदै गृहमन्त्री खाँणले भने– ‘नागरिकताको अभावमा विश्वविद्यालयमा भर्ना हुन, रोजगारीका लागि आवेदन दिन, बैंकमा खाता खोल्नेदेखि आफ्नो नाममा मोबाइलको सिमकार्ड लिन पनि वञ्चित भएहरुलाई नागरिकता प्रदान गर्न विधेयक ल्याईएको हो ।’ 

    आवश्यक्ता अनुसार संबिधान संसोधन गर्ने अधिकार संबिधानसंवत नै भएको प्रष्ट पार्दै खाँडले । नागरिकताको हकमा ऐन बनाउँदा वा विधेयक ल्याउँदा संविधानका प्रावधानलाई नै आधार बनाएर ल्याईएको जनाए ।

    उनले नागरिकता पाउने व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको भनेर आशंका गर्न तथा भ्रम नफैलाउन आग्रह गर्दै नेपाली नागरिकलाई व्यवस्थित ढंगले नागरिकता दिन सरकारले विधेयक अघि बढाएको प्रस्ट पारे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार