Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमल थापाले पाउने भए ‘गाई’, सवोच्चले दियो आदेश


    सोमबार, साउन ९ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले आज सो आदेश दिएको हो ।

    निर्वाचन आयोगले देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको हुँदा गाई चुनाव चिन्ह दिन अस्वीकार गरेको थियो । त्यसको विरुद्धमा राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्चमा रिट हालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार