Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका बीचमा भएका १६ सकारात्मक काम


    बिहिबार, चैत्र ६ २०७६
    675
    Shares
  • ३ मिनेट पाठ
  •  विश्वभर फैलिएको नोबेल कोरोना (कोभिड १९) को कारण विश्वमै संकटको अवस्था सृजना भइरहेको छ । कोरोनाको कारण हालसम्म ८ हजार ८ सय  जनाको मृत्यु भइसकेको छ । साथै हालसम्म दु्ई लाखभन्दा बढि व्यक्ति कोरोनाको संक्रमित भइसकेका छन् । भाइरसको कारण हामी नकरात्मक समाचार मात्र सुन्दै आएका छौ । यसले हाम्रो मनमा केही अशान्ति छाएको छ । यस संकटको घडीमा पनि विश्वमा केही सकरात्मक परिर्वतन भएका छन् । आउनुहोस्, ती सकारात्मक समाचारहरु पढौँ । 

     १. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।

    २.भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भइसकेका छन्। बिरामीहरुमा निम्न  औषधि चलाइएको थियो :Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।

    ३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

    ४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड- १९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्किएकी छिन् ।

    ५. एप्पल कम्पनीले उसका बन्द  भएका ४२ वटा पसल चाइनामा पुन संचालनमा ल्याएको छ।

    ६. क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको बिकास गरेको छ।

    ७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।

    ८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण हो इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।

    ९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।

    १०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।

    ११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको  छ।

    १२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड-१९ को खोप बिकासमा तीब्रढंगले लागिरहेको छ ।

    १३. टुल्सा गाउँको पहिलो कोभिड-१९ को बिरामी निको भएका छन् ।  उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ।  कोभिड-१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।

    १४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।

    १५ . कोभिड -१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।

    १६.  अमेरिकाको सियाटलमा कोभिड-१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।

     (श्रोत ग्लोबल पब्लिक अफेयर्स, क्यानाडा, कुनै फेसबुक फ्रेन्डको वालबाट) 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार