काठमाडौं । साताको अन्तिम दिन आज शुक्रवार सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो । साताको पहिलो कारोबारदेखि बढेको बजार हिजो बिहिवार ६ अंक घटेको थियो शुक्रवारको कारोबारमा पनि तीव्र उतार चढावका बीच बजार ऋणात्मक भएको छ ।
बिहीवार ६ अंक घटेर २०४४.७२ अंकमा ओर्लिएको बजार आज २७.२६ अंक घटेर २०१७.४६ मा ओर्लिएर साताको बजार बन्द भएको थियो ।शुक्रवार बजार परिसूचक १.३३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.३८ प्रतिशत घटेर ३८६.२४ मा झरेको छ ।
आज २१२ कम्पनीको ३३ लाख २० हजार कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक राता भएका छन् । २१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र गोर्खाज फाइनान्स परेका छन् ।