Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्या आरोपमा ७ वर्ष जेल बसेका दासले रिहा भएको १ महिनामै गरे अर्को विभत्स हत्या


    शुक्रबार, साउन ६ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एक व्यक्तिको हत्या गरि ७ वर्ष जेल जिवन बिताएर रिहा भएको एक महिना नबित्दै तिनै व्यक्तिले आफ्नै काकाको विभत्स हत्या गरेका छन् ।

    महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवा गाउँका ४० वर्षीय रामनाथ दासले आफ्नै काका पर्ने ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरि विभत्स हत्या गरेका हुन् ।

    बिहिवार दिउँसो सहोडवा गाउँबाट एकहरिया जाने पिच सडक भन्दा पुर्बपट्टी रहेको बाबु साहेब झाको आँपको बगैचामा बसिरहेका रामबहादुरलाई रामनाथले अनुहार तथा टाउको मुनिको भागमा धारिलो कोदालोले प्रहार गरी हत्या गरेका हुन् ।

    बगैँचामा बसिरहेका काका रामबहादुरलाई रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा रामबहादुरको शव फेला परेपछि ईलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथको संलग्नता रहेको खुल्न आएपछि उनलाई हत्यामा प्रयोग भएको कोदालो सहित पक्राउ गरेको हो ।

    रामनाथले २०५३ चैत्र ११ गते साविकको महोत्तरी सहोडवा गाबिस वडा न. ५ बस्ने राम बिलास दास तत्मा लाई कुटपिट गरी हत्या गरेको कर्तब्य ज्यान मुद्दामा करिब ७ बर्ष कैद सजाय भुक्तान गरि मिति २०७९ ज्येष्ठ १५ गते रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार