Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन ६ गते शुक्रवारको सुन चाँदीको मूल्य


    शुक्रबार, साउन ६ २०७९
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको  छ । आज  सुन तोलामा एक हजार रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले  बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ । 

    हिजो बिहीबार भने सुनको भाउमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा एक हजार रुपैयाँले नै सस्तिएको थियो । सो दिन सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको थियो ।

    साताको अन्तिम कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले उकालो लागेको छ । महासंघको तथ्यांक अनुसार आज चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

    अघिल्लो कारोबार दिन, चाँदीको मूल्य सस्तिएको थियो । त्यस दिन, चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार