काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट कारवाही गरेपछि राजनितिक जिवन नै अलमलमा परेका पुर्व माओवादी नेता डा.बाबुराम भट्टराई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को दैलोमा पुगेका छन् ।
आफु लगायत ९ जना सदस्यहरु लिएर प्रचण्डसंग बार्गेनिङ्क गर्न पुगेका डा.भट्टराईले वाम शक्तिहरुसंग मिलेर ‘समाजवादी केन्द’ बनाउने प्रस्ताव समेत गरेका छन् ।
केही दिन अघि वामपन्थी दलहरूका शीर्ष नेताहरुबीचको छलफलपछि विचार मिल्नेसँग एकता गरिने प्रचण्डले बताएका थिए ।
योसँगै डा.भट्टराईले बिहीबार प्रचण्डलाई ललितपुरमा भेटवार्ता गरेका थिए । भेटमा उनले वाम पार्टीहरु मिलेर ‘समाजवादी केन्द्र’ बनाउन प्रस्ताव राखेका थिए ।
प्रचण्डसंगको भेटपछि डा.भट्टराईले आफुले प्रस्ताव गरेको पार्टी कस्तो हुनुपर्ने भनेर एक बिचार ट्विटर मार्फत सार्वजनिक गरेका छन् । ट्विटरमा उनले एक निजि पत्रिकामा आफुले दिएको बिचारबारे उल्लेख गरेका ।
भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणका ३ वटा बाटो देखाएका छन् । जसमा पुरानै पार्टीहरूको रूपान्तरण, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण र शून्यबाट नयाँको जन्म भन्ने बाटो उल्लेख छ ।
‘२ चैत २०७० को नेपाल साप्ताहिकको लेखमा मैले नयाँ वैकल्पिक शक्ति निर्माणका २ वा ३ बाटा बताएको थिए’, डा.भट्टराईले लेखेका छन– ‘एक, पुरानै पार्टीहरूको रूपान्तरण, दुई विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको धु्रवीकरण, तीन शून्यबाट नयाँको जन्म, अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो र दोस्रोको मिश्रण हो ।’

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आएसँगै वामपन्थी दलहरु एक हुने प्रयासमा छन् । यसको नेतृत्व प्रचण्डले गर्दै पुनः वाम शक्तिकेन्द्र निर्माण तर्फ उद्धत भएको पाईएको छ ।
मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै नेताहरु एकता, सहकार्य वा गठबन्धनको लागि दौडधुप गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend