काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट कारवाही गरेपछि राजनितिक जिवन नै अलमलमा परेका पुर्व माओवादी नेता डा.बाबुराम भट्टराई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को दैलोमा पुगेका छन् ।
आफु लगायत ९ जना सदस्यहरु लिएर प्रचण्डसंग बार्गेनिङ्क गर्न पुगेका डा.भट्टराईले वाम शक्तिहरुसंग मिलेर ‘समाजवादी केन्द’ बनाउने प्रस्ताव समेत गरेका छन् ।
केही दिन अघि वामपन्थी दलहरूका शीर्ष नेताहरुबीचको छलफलपछि विचार मिल्नेसँग एकता गरिने प्रचण्डले बताएका थिए ।
योसँगै डा.भट्टराईले बिहीबार प्रचण्डलाई ललितपुरमा भेटवार्ता गरेका थिए । भेटमा उनले वाम पार्टीहरु मिलेर ‘समाजवादी केन्द्र’ बनाउन प्रस्ताव राखेका थिए ।
प्रचण्डसंगको भेटपछि डा.भट्टराईले आफुले प्रस्ताव गरेको पार्टी कस्तो हुनुपर्ने भनेर एक बिचार ट्विटर मार्फत सार्वजनिक गरेका छन् । ट्विटरमा उनले एक निजि पत्रिकामा आफुले दिएको बिचारबारे उल्लेख गरेका ।
भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणका ३ वटा बाटो देखाएका छन् । जसमा पुरानै पार्टीहरूको रूपान्तरण, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण र शून्यबाट नयाँको जन्म भन्ने बाटो उल्लेख छ ।
‘२ चैत २०७० को नेपाल साप्ताहिकको लेखमा मैले नयाँ वैकल्पिक शक्ति निर्माणका २ वा ३ बाटा बताएको थिए’, डा.भट्टराईले लेखेका छन– ‘एक, पुरानै पार्टीहरूको रूपान्तरण, दुई विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको धु्रवीकरण, तीन शून्यबाट नयाँको जन्म, अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो र दोस्रोको मिश्रण हो ।’

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आएसँगै वामपन्थी दलहरु एक हुने प्रयासमा छन् । यसको नेतृत्व प्रचण्डले गर्दै पुनः वाम शक्तिकेन्द्र निर्माण तर्फ उद्धत भएको पाईएको छ ।
मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै नेताहरु एकता, सहकार्य वा गठबन्धनको लागि दौडधुप गरिरहेका छन् ।
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend