काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु भएको हो ।
सो बैठकले मौद्रिक नीति पारित गरे पछि अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।
मौद्रिक नीति सार्वजनिक गर्नु अघि गभर्नर महाप्रसाद अधिकारीले हिजो बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।