Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खानेपानी मन्त्रालयमा चरम बेथिति, करारका कर्मचारीको म्यादथप नगर्न मन्त्री चौधरीको उर्दी


    बुधबार, साउन ४ २०७९
    1.2K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले असार मसान्तको समाप्ती हुँदै गर्दा मातहतका कर्मचारीहरुसँग राम्रै आर्थिक लाभ गरेका छन् । नियमित रुपमा मातहतका बिभागीय, कार्यालय र आयोजना प्रमुखसँग अनेक बहानामा उठाउँदै आएका मन्त्री चौधरीका असार मसान्त पनि ठूलै अवसरका रुपमा रहन पुग्यो । उनले असार लाग्नेवित्तिकै ७ वटै प्रदेशमा सचिवालयका कर्मचारीलाई हाकिमहरुसँग मन्त्रीको सन्देशसहित पठाएको स्रोतले बतायो ।

    मन्त्रीका दूतहरु काठमाडौं फर्किएलगत्तै उपत्यका बाहिरका खानेपानी डिभिजन कार्यालयका क्रमिक रुपमा काठमाडौं आउन थालिसकेका छन् । असारे विकासका काम सकेर राजधानी छिरेका हाकिमहरुको मुख्य उद्देश्य भनेकै मन्त्रीको सन्देशको कार्यान्वयन गर्नु हो । खानेपानी डिभिजन कार्यालयका हाकिमदेखि मन्त्रालय मातहतका निकायका प्रमुखहरुसँग पनि मन्त्री चौधरीले राम्रै लाभको आशा राखेका छन् । त्यसका लागि सचिवालयका निजी सचिव शशीकुमार लम्साल नै लागेका छन् । 

    एकातिर आर्थिक संकलनको क्रमलाई तीव्र बनाएका मन्त्री चौधरीले साउन लागे लगत्तै मन्त्रालय र मातहतका निकायहरुमा करारमा कार्यकर्ता भर्ति गर्ने अभियान नै चलाएका छन् । विगत लामो समयदेखि करारमा जागिर खाँदै परिवार पाल्दैआएका तल्लो तहका कर्मचारीहरुको म्यादथप नगर्न, आफ्नो अनुमतिबेगर कर्मचारी नराख्न समेत उर्दी जारी गरिएपछि हाकिमहरु समेत तनावमा परेका छन् । करारका कर्मचारीको म्याद थपे नथपेको सूचना लिनका लागि निजी सचिव लम्साललाई लगाएका छन् । मन्त्रीको आदेश पाएपछि उनले साउन १ गतेदेखि नै करारका कर्मचारीबारे सोधीखोजी गर्न थालेका छन् । म्यादथपको अन्योलताले कर्मचारीहरुमा तनाव सृजना भएको छ ।

    मन्त्रालयदेखि लिएर आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड, खानेपानी विभाग अन्तर्गतका डिभिजन कार्यालयहरुमा मन्त्री चौधरीका आसेपासे भर्ति गर्नका लागि म्यादथप नगर्न लम्सालमार्फत् निर्देशन जारी गरिएको छ ।अहिले त सहसचिव शोभाकान्त पौडेल मन्त्री चौधरीका लागि करारमा आसेपासेलाई जागिर खुवाउन मतियार जस्तै देखिएका छन् । पौडेल पनि मन्त्रीको आसेपासे भर्ति गर्ने अभियानलाई सार्थक बनाउन होमा हो मिलाउँदैआएका छन् । यसअघि नै मन्त्री चौधरीले नियुक्ति गरेका खानेपानी संस्थानका महाप्रबन्धक इश्वरप्रसादले आफ्ना मातहतका काार्यालयमा ५० भन्दा बढी आसेपासेलाई नियुक्ति दिएर आफ्नो पद टिकाइरहेका छन् ।

    महाप्रबन्धक नियुृक्ति पाउनकै लागि लिलाम बढाबढमा डेढ करोड मन्त्री चौधरीलाई बुझाएको आरोप उनीमाथि लाग्दैआएको छ । खानेपानी मन्त्रालयले समेत उनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेको र त्यो समितिले पनि इश्वरप्रसादलाई कारबाही गर्नुपर्ने आसयको प्रतिवेदन दिएको भए पनि त्यो प्रतिवेदनलाई गायब पारी उनलाई थमौती गरिएको थियो । प्रतिवेदनअनुसार उनलाई कारबाही गनुर््को साटो मन्त्री चौधरीले महाप्रबन्धक बनाएर पुरस्कृत गरेका थिए ।

    इश्वरप्रसादलाई महाप्रबन्धक बनाउन आफैंलाई मन्त्री बनाउने कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई समेत ढाँट्न पुगेका छन् । सिटौलाकहाँ महाप्रबन्धक माग्न पुग्नेहरु चौधरीकोमा धाउन थालेपछि उनी आफैं सिटौलाकोमा गएर ‘दाइ मेरो जिल्लाबासीलाई महाप्रबन्धक बनाउनुपर्ने बाध्यता आइलागेकाले हजुरले यसमा सहमति जनाइदिन्ुपर्यो भनेर पटक पटक आग्रह गर्ने गरेको विगत सम्झनेहरु अझै छन् । तर इश्वरप्रसाद मन्त्रीको गृहजिल्ला बाराका होइनन् ।उनका दाजु भूपेन्द्रप्रसाद ६ बर्ष महाप्रबन्धक भए पनि पुनः उनी तेस्रो पटकको लागि दौडमा थिए । तर मन्त्री चौधरीका अगाडि दाइले हारे, भाइले महाप्रबन्धक बाजी मारेका थिए । अनावश्यक कर्मचारी भर्ति र चरम भ्रष्टाचारका कारण खानेपानी संस्थान धरासायी भइसकेको छ ।

    संघीयता कार्यान्वयनमा आएपछि संस्थानकोभूमिका खुम्चिएको छ । खानेपानीको ब्यवस्थापन गर्ने सर्वाधिकार अन्यत्र सर्दै गएको अवस्थामा नेताहरुको कार्यकर्ता भर्ति र आर्थिक लाभ लिने केन्द्रको रुपमा संस्थान परिणत भएको छ । वर्तमान मन्त्री चौधरीले पूर्वमन्त्री बिना मगरको सिको गर्दै त्यही शैली अपनाउँदैआएका छन् । इश्वरप्रसाद मन्त्रीले भने भन्दा मन्त्रालयका अरु कसैले भनेको टेर्दैनन् । उनले भन्ने गरेका छन्–मलाई मन्त्रीले आफ्नो आदेशभन्दा अरुको निर्देशन नमान्नू भनेका छन् । आफैंले नियुक्ति गरेका हुनाले इश्वरप्रसादलाई मन्त्री चौधरीले आफ्नो सहयोगी जस्तै काम लगाउने गरेका छन् । जसले गर्दा संस्थागत काममा भन्दा मन्त्रीका निजी इच्छा पूरा गर्नमै इश्वरप्रसादको दिन ब्यतित हुँदैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार