Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास


    मंगलबार, साउन ३ २०७९
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको जोरपाटीमा  आज बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ ।  सन्तवीर लामाको  जोरपाटी स्थित घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।  

    बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिएका छन् । योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको श्रेष्ठले बताए ।  

    लामो समयदेखि ग्यास भण्डारण भएर बसेको ठाउँमा खन्दा यस्तो निस्कने गरेको विभिन्न अध्ययनले देखाएका उनको भनाइ छ । जमिनभित्रै जम्मा भएर बसेको अवस्थामा मानिसले खन्दा एक्कासी विस्फोट भएको श्रेष्ठले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार