Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरले पनि निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने


    मंगलबार, साउन ३ २०७९
    500
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरको सिको गर्दै पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोगका लागि दिने भएको छ । 

    पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा तथा शौचालय बनाउन ठाँउको अभाव भएकोले सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरिरहेको छ । महानगरले  सार्वजनिक सूचना जारी गर्दै  शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरको सरसफाई शाखामा आएर आवेदन दिन आग्रह गरेको छ ।

    पोखरा महानगरले सार्वजनिक रूपमा निःशुल्क शौचालय उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गर्ने  महानगरले जानकारी दिएको छ। यस्तो छ पोखरा महानगरले जारी गरेको सार्वजनिक सूचना

    pokhara.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार