Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगका सबै परीक्षा स्थगित 


    बिहिबार, चैत्र ६ २०७६
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ६ चैत । लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । दुई निकायले आज विज्ञप्ति जारी गर्दै सरकारको उच्च स्तरीय समितिले अर्को निर्णय नगरेसम्म सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

     त्रिवि कार्यकारी परिषदको बैठकले त्रिवि अन्तर्गत सबै संकायको परीक्षा र पठनपाठन स्थगित गरेको जनाएको हो ।

    त्यस्तै लोकसेवा आयोगले निजामती सेवा, सरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका सबै कार्यक्रम स्थगित गरेको जनाएको छ ।   आयोगले जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि सबै परीक्षा स्थगित भएको जनाएको छ । 

     आयोगका उपसचिव एकनारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा आयोगलको आज बसेको बैठकले परीक्षा स्थगित गरिएको जनाएको छ ।  त्रिविले नियमित र प्रसासनिक कार्यक्रम साबुनपानी र सेनिटाइजर प्रयोग गरी सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।

     त्यस्तै त्रिविविश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजमा पठनपाठन तथा स्नातक र स्नातकोत्तर तहको परीक्षा आजदेखि लागु हुने गरी स्थगित गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा तथा पठनपाठन स्थगित गरेको हो ।

     संस्थानले नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुको पठनपाठन र परीक्षा बन्द गर्न सूचना जारी गरेको जनाएको छ । 

    \"\"
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार