Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पामा यसरी लुटियो सडक ठेकेदारको २० लाख रुपैयाँ


    सोमबार, साउन २ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाल्पा । पाल्पामा सडक ठेकदार सुमन पन्थ समेत दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ गएराति लुटपाट भएको छ । 

    पन्थ तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुन् । 

    प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र.३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए ।

    सोहीबेला पन्थ समेत दुई जनालाई अन्दाजी ७÷८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएका थिए । 

    कुटपिटबाट घाइते भएका पन्थ समेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । 

    घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार