Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु


    आइतबार, साउन १ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • धनुषा  । भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

    शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका–१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । 

    उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाईललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार