काठमाडौँ, ६ चैत । लोक सेवा आयोगको आज बसेकाको बैठकले आयोगका परीक्षा स्थगित गर्ने भएको छ । आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको हो ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उपसचिव एक नारायण अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।