Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले डुम्रे-बेसीसहर सडकखण्ड अवरुद्ध


    मंगलबार, असार २८ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • लमजुङ। लगातारको वर्षाका कारण डुम्रे-बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । सोमबारदेखिको निरन्तर वर्षाका कारण मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    बेसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । 

    गत वर्ष र केही हप्ताअघिको पहिरोले  डुम्रे बे‌सीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि याे खण्डसमेत पटकपटक  पहिरोले अवरुद्ध हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार