Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई लघुवित्तले पाए आईपीओ जारी गर्ने अनुमति


    सोमबार, असार २७ २०७९
    575
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपीओ जारीको अनुमति पाएका छन् । बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएका हुन् । 
    बोर्डबाट २४ असारमा सार्वजनिक निष्कासन जारी गर्ने अनुमति पाएका यी संस्थाले १३ करोड ६ लाख रुपैयाँ बराबरको १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्नेछन् । धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

    साधारण सेयर निष्कासनका लागि लघुवित्तले सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्त गरेको छ । 

    वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो । संस्थाले बागलुङ नगरपालिका-२ श्रीनगर टोलमा रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । यसका ४४ शाखा र दुईवटा उपशाखा कार्यालय छन् । 

    जारी पुँजीको ३९ प्रतिशत बराबरको साधारण सेयर जारी गर्न बोर्डबाट अनुमति पाएको हो । अभियानले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई तोकेको छ । दुई लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार