Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिउको भ्रमण तालिकाः बिहान बीपी संग्रालयमा, साँझ प्रचण्डसँग सोल्टी होटलमा डिनर


    सोमबार, असार २७ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् ।

    चार दिने भ्रमणमा आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।

    मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन । 
    राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेट्े पछि उनी स्वदेश फर्कनेछन । आइतवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार