काठमाडौं । बितेको २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण देखिएको हो ।जसमध्ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् ।