Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण अफ्रिकाको बारमा गोली चल्यो, १४ जनाको मृत्यु


    आइतबार, असार २६ २०७९
    960
    Shares
  • १ मिनेट पाठ
  • जोहानेसबर्ग। दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने । 

    घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार