Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी चयन होलान् ?


    बिहिबार, असार २३ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका कारण दुई दिनसम्म लगातार स्थगित भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठक बुधबार पुनः संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो । बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

    मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मेवारी दिइएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयनका लागि बुधबार खुमलटारमा पूर्वस्थायी समितिसँग छलफल गरेका थिए ।

    माओवादीको राष्ट्रिय सम्मेलन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारी चयन हुन सकेको छैन । खासगरी महासचिव कसलाई बनाउने भन्ने कुरा माओवादीमा पेचिलो भएको छ । महासचिवका आकांक्षी बर्षमान पुन, जनार्दन शर्मा र कृष्णबहादुर महरा छन् । तीनमध्ये पनि शर्मा र पुनः बीच महासचिवकोे लडाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार