Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुराको बुढीगंगा नगरपालिकामा रोकिएको चुनाव आज हुँदै


    बिहिबार, असार २३ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा।बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार चुनाव हुँदैछ ।  ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

    ३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए ।

    १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ  । 

    मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार