Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवा स्वयंले सम्हाले


    बुधबार, असार २२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिएको हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकी छन् ।

    बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार