काठमाडौं । मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोश्रो संस्करण आयोजना हुने भएको छ । फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो र विजेता मिस टिन वर्ल्ड नेपाल र मिस्टर टिन वर्ल्ड नेपालले ब्राजिलको साउ पाउलो मा २०१७ को नोभेम्बर १० देखी १६ सम्म आयोजना भएको मिस टिन वर्ल्ड तथा मिस्टर टिन वर्ल्डमा सहभागिता जनाउने मौका पाएका थिए ।
मिस्टर टिन वर्ल्ड नेपाल शिर्षक विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए भने मिस टिन वर्ल्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल हात पारेकी थिईन् । मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोश्रो संस्करण थप विशेष हुने भएको छ, यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् भने यस प्रतियोगिताको नलेज पार्टनर द व्रिटिस कलेजमा रु २० लाख रुपैंया सम्मको छात्रबृती प्राप्त गर्नेछन् । यस प्रतियोगीतामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् ।
फस्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेज बाट रु. १५ लाख सम्मको छात्रबृती तथा सम्पूर्ण सहभागिले पहिलो बर्षका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् । मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल विजेताहरु १० अक्टुबर २०२२ मा टर्किएको ईस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धामा भाग लिने मौका प्राप्त गर्नेछन् । पूर्व मिस नेपाल उषा खड्गी, नायक सलोन बस्नेत, नायक सलिन मान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका निर्णायक मण्डलले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट गर्नेछन् ।
जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुने अडिसन मार्फत प्रतियोगीहरु सर्टलिस्ट गरिनेछ भने सर्टलिस्ट गरिएका प्रतियोगीहरु विभिन्न किसिमका प्रोजेक्ट वर्क तथा तालिमहरुमा सहभागी हुनेछन् । बैयक्तिक विकास र सिप विकासको उदाहरणीय प्रतियोगीताको रुपमा संचालन गरिने मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालले आ नो करिअर पाथको खोजीमा रहेका किसोर किसोरीको समग्र विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।
तसर्थ यो एक प्रतियोगीता मात्र नभई सिकाई र समग्र विकासको अवसर समेत हो । १६ बर्ष देखी २१ बर्ष उमेर समूहका यूवाहरुले सहभागिता जनाउन सक्ने यो प्रतियोगीताले आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने छ भने मोडलिङ्ग तथा अभिनय पेशामा आबद्धहुन चाहनेका लागि अवसर जुटाउन साहयक बन्नेछ । एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थिहरुको फूर्सदलाई उपयोग गर्दै जिवनको यो क्षणलाई एक उत्पादनशिल र अविस्मरणीय बनाउन सकिने हाम्रो बुझाई आयोजकको दावी छ।