Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डुबेर दुई जनाको मृत्यु


    मंगलबार, असार २१ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सिरहा र पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । 

    सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी रायको छोरा ७ वर्षीय करण कुमार रायको सोमबार डुबेर मृत्यु भएको छ । 

    सोही ठाउँस्थित सहजा खोलामा नुहाउने क्रममा उनी डुबर बेपत्ता भएका थिए । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो । 

    पाल्पाको गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा डुबेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवा बस्ने पूर्ण बहादुर कुमालको छोरा ३  वर्षीय मनिस बहादुर कुमालको सोमबार मृत्यु भएको छ । 

    डुबेर अचेत अवस्थामा भेटिएका उनको रैनादेवी गाउँपालिका–३ छचुवाबाट उद्दार गरी स्थानीय मेडिकल हुँदै थप उपचारको सोही गाउँपालिका–४ स्थित छहरा बजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार