काठमाडौं।नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटकपटक विजयी गराउने र नराम्रो काम गर्नेलाई पराजित गर्ने बताएका छन् । सोमबार बिहान ललितपुर उपमहानगरपालिका-१५ सातदोबाटोस्थित इन्द्र क्लासिक शान्तिमार्गमा बृक्षरोपण कार्यक्रममा उनले असल जनप्रतिनिधिलाई जनताले सधैं माया गर्ने बताए ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले वातावरण स्वच्छताका लागि बृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले मानव स्वास्थ्यका लागि निकै फाइदा पुग्ने बताए । ‘वृक्षरोपणले वातावरण मात्र राम्रो हुन्न, यसले मानव स्वास्थ्यलाई समेत फाइदा पुग्छ,’ बानियाँले भने । उनले जनताको काम गर्न जुनसुकै दलबाट विजयी भएका जनप्रतिनिधि भए पनि उनीहरूलाई साथ दिनुपर्नेसमेत बताए ।
नेता बानियाँकै पहलमा इन्द्र क्लासिक शान्तिमार्ग पक्की बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही मार्गको दायाँबायाँ विभिन्न प्रजातिका ५५ वटा बिरुवा रोपिएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई हरियाली सहर र स्मार्ट सिटी बनाउन आफूलाई जनताले पुनः अत्यधिक मतका साथ विजयी गराएको बताए । ‘यसपटक म जनताको जुन अपेक्षा छ, त्यो पूरा गर्न लागिपर्नेछु । ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु । यदि तपाई रातिको समयमा उपत्यका बाहिरबाट हवाई मार्ग भएर आउनु भयो भने उज्यालो सहर देख्नु भएमा त्यो ललितपुर हुनेछ,’ महर्जनले भने ।
ललितपुर महानगर क्षेत्रका सडकमा १४ सय सडक बत्ती राख्ने काम धमाधम भइरहेको उनले बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend