काठमाडौं । महानगर प्रमुख निर्वाचित हुनुअघि बालेन साहले ठमेलको कमलपोखरी मासेर बनाइएको छायाँ सेन्टर कम्प्लेक्सको निकै चर्चा गर्ने गरेका थिए । छायाँ ब्यापारिक कम्प्लेक्सको निर्माण रोक्न माग गर्दै भागवत प्रधानले ब्यक्तिगतरुपमा खर्च गरी जिल्ला अदालतदेखि सर्वोच्चसम्म १२ वटा मुद्दा दर्ता गरेका छन् । सार्वजनिक पोखरी अतिक्रमण गरी निर्माण गरिएको तथ्यसहित उनले मुद्दा दायर गरेका थिए ।
२०७१ मा सर्वोच्च अदालतमा अधिवक्ता दीपकबिक्रम मिश्रले पनि पोखरी मासी कम्प्लेक्स निर्माण गरिएकाले रोक्न माग गर्दै रिट दायर गरेका थिए । पोखरी मासेर कम्प्लेक्स निर्माण रोक्न माग गर्दै विगत १५ बर्षदेखि भागवत प्रधान जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा खेपिरहेका छन् । उनको उद्देश्य पोखरी जोगाउने मात्र देखिन्छ । प्रधानले दिएको मुद्दा ०७३–सीआई–१४४९ मा काठमाडौै महानगरपालिकाको नक्सा शाखासमेत बिपक्षी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबाबमा छायाँदेवीको नक्सा पास गरिएको तथ्य सार्वजनिक भइसकेको छ । छायाँ सेन्टरमा लोकमानसिंह कार्की, पृथ्वीबहादुर पाण्डे, सुहृद घिमिरे, कालु गुरुङ जस्ता ब्यापारीको लगानी रहेको छ ।
काठमाडौं महानगरपालिकका प्रमुख बालेन साह काठमाडौंका सार्वजनिक जग्गा र पोखरी जोगाउने नारा घन्काउँदै निर्वाचित भएका छन् । छायाँदेवीको मुद्दा आज (असार २०)मा सुनुवाइ राखिएको छ । यसअघिका हरेक सुनुवाइमा महानगरपालिकाका कर्मचारीहरु छायाँदेवीका पक्षमा वकालत गर्दैआएका छन् । बालेन साह मेयरमा निर्वाचित भएपछिको आजको सुनुवाइमा पनि महानगरका कर्मचारीहरुले छायाँदेवीकै पक्षमा वकालत गर्नेछन् कि विपक्षमा भन्ने चासोको बिषय बनेको छ । महानगरका मेयर बालेन साहले छायाँदेवीको मुद्दामा अदालतमा आफू वा आफ्ना कर्मचारीमार्फत् के कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने कुरा सम्पदा बचाउन लागेका भागवत प्रधानजस्ता अभियन्ताहरुले सुक्ष्मरुपमा हेरिरहेका छन् ।
यसरी अतिक्रमण भयो पोखरी, ठडियो बहुतले ब्यापारिक कम्प्लेक्स
पुरातात्विक महत्व बोकेको श्री सिंहसार्थ बाहु गरुड भगवानको नाममा रहेको १२ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीमा मिनी ठमेल भनिने छायाँ सेन्टर ठडिएको छ । काठमाडौं महानगरपालिका वडा नं. २९ ठमेलस्थित कित्ता नं १४० र कित्ता नं १६७ को पोखरीमा अहिले १५ तले छायाँ कम्प्लेक्स निर्माण भएको छ । भवनमा १ सय ६८ कोठा रहेका छन् । उक्त भवन १५ अर्व रुपैयाको लगानीमा बनेको हो । २०७१ सालमा कम्प्लेक्स निर्माणकार्य सुरु गर्दा उक्त जग्गा सार्वजनिक भएको र निर्माण कार्य अगाडि नबढाउनू भन्दै स्थानीयहरुले विरोध जनाए पनि शक्ति केन्द्रको आडमा निर्माण कार्य अगाडि बढाइयो । दर्जन मुद्दा दायर गरी रोक्न माग गर्दा पनि न्यायालयले समेत निर्माण सम्पदा बचाउन लागेका अभियन्ताहरुलाई साथ दिएन ।
२०४४ सालमा सरकारले निर्णय गरेर यो पोखरीलाई सार्वजनिक गरेको थियो । त्यसभन्दा अगाडि यसको स्वामित्व राणा परिवारमा रहेको थियो । केशरसमशेर राणाले गुठीलाई वार्षिक १ सय ५५ रुपैयाँ तिर्नेगरी १९७७ सालमा उक्त पोखरी लिएका थिए । केशर समशेरको मृत्युपछि उनका छोरा केयुर शमशेरले पोखरी सुकाएर २०२७ सालदेखि धान रोप्न सुरु गरे र त्यसपछि बदनियतपूर्वक मोही दर्ता गराई आफ्नो बनाएका थिए । त्यस भन्दा अगाडि उक्त पोखरी भगवानलाई चढाउन यहीँको कमलको फुल प्रयोग गर्ने चलन थियो ।
२०३३ सालमा शहरी क्षेत्र नापी हुँदा उक्त पोखरी कित्ता नं १६७ मा मालपोत कार्यालयको रेकर्डमा छ । वि.स. २०३९ को भूमि सुधार मन्त्रालयको जग्गा धनी पूर्जामा समेत उक्त कित्ता पोखरीको नाममा नै रहेको छ । त्यसवेलाको पूर्जामा जग्गा धनी सिंहसार्थ बाहु गुठी लेखिएको छ । त्यसैगरी २०४२ सालमासमेत पोखरी नै कायम छ ।
२०४४ मा सरकारले निर्णय गरेर उक्त पोखरी सरकारको नाममा दर्ता गराएको पाइन्छ । त्यसयता बनेका जग्गा धनी श्रेस्तामा समेत पोखरी नै उल्लेख भएको छ । स्थानीयहरुका अनुसार उक्त पोखरी परापूर्वकालदेखि नै सार्वजनिक रहेको भन्दै बेलाबेलामा छायाँ सेन्टर विरुद्ध आन्दोलन गर्दै आइरहेका छन् । स्थानीय तथा गुठियार भगवतसिंह प्रधान राज्यसत्ताको आडमा छायाँ सेन्टरले सार्वजनिक गुठीको जमिन कब्जा गरेको बताउँछन् ।
सम्पदा अभियन्ता भागवत प्रधान, कानुनी विज्ञ जुजुकाजी महर्जन, नेवाः राजनीतिक अभियानका रविन्द्र श्रेष्ठ, फास्ट ट्रयाक जनसरोकार समितिका नेपाल डंगोल लगायतले छायाँ सेन्टरले अतिक्रमण गरेको पोखरी जोगाउन कानुनीदेखि अन्य शान्तिपूर्ण गतिबिधि गर्दैआएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend