Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ


    आइतबार, असार १२ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    शनिबार साँझ ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् । 

    प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा एक पोका ब्राउन सुगर फेला पारेपछि थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएपछि उनीहरूको घरमा समेत जाँच गरेको थियो । जाँच गर्दा उक्त लागुऔषध र नगद ८ हजार १ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार