Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र


    आइतबार, असार १२ २०७९
    710
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले  मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले  आजै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

    आलेले हिजो शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार २४ घण्टा बित्न नपाँउदै उनले   अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका छन्् ।
     आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।
    आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका आलेले आफ्नो कार्यकालभर गरेका कामबारे जानकारी गराउन आइतबार ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार