Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीमा लेखाअधिकृतको सरुवाः गतबर्ष सरुवा भएन, यो बर्ष सरुवा नहुँदै चलखेल 


    आइतबार, असार १२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गएको बर्ष नेपाल प्रहरीमा लेखा अधिकृत र लेखापालको सरुवा हुन सकेन । यो बर्ष सरुवा नहुँदै चलखेल सुरु भएको छ । विशेष गरी लेखाअधिकृतको सरुवाका लागि असार महिना सुरुदेखि नै चलखेल सुरु भएको हो । 

    प्रहरीमा लेखापाल र लेखाअधिकृतको सरूवा नियमित प्रक्रिया हो । लेखामा अरू प्रहरीले जस्तो पोशाक लगाएर नियमित ड्युटी गर्नुनपर्ने, धेरैजसो युनिफर्म पनि लगाउनु नपर्ने  र अतिरिक्त आम्दानी हुने भएको कारण पनि लेखाअधिकृतको सरूवामा ठूलो चलखेल, आर्थिक लेनदेन र शक्तिको प्रयोग हुने गरेको छ ।

     प्रहरीको लेखाअधिकृतका लागि सबैभन्दा आकर्षक मानिने ठाउँ प्रहरी एकेडेमी,  उपत्यका कार्यालय, सिआइबी , बिशेष व्युरो, अस्पताल छन् । यसबाहेक प्रहरी मुख्यालयको प्रबन्धको खुद्रा पनि त्यत्तिकै राम्रो मानिन्छ । अन्य ठाउँ भन्दा बढी बजेट एवं अतिरिक्त आम्दानी हुने भएको कारण यी ठाउँ राम्रो मानिन्छन् । प्रहरी निरीक्षक तहका लेखा अधिकृत रहने कार्यालयहरूमा सातवटा प्रदेश प्रहरी कार्यालय, उपत्यका प्रहरी कार्यालय, एकेडेमी, अस्पताल, सिआइबी, बिशेष व्यूरो रहेका छन् । 

    सबै कार्यालयका लेखाअधिकृतको समयावधि पुगिसकेका कारण यसपटक सबैको सरूवा हुने प्रहरी मुख्यालयले जानकारी दिएको छ । हाल सुपक्षेमा लोकराज भट्ट , कर्णालीमा मीनबहादुर बस्नेत, लुम्बिनीमा बिरदत्त पन्त, प्रदेश नम्बर १ मा ढुण्डीराज गिरी, गण्डकीमा गणेश पौडेल, बागमतीमा फणीन्द्र रानाभाट, मधेसमा ज्ञानबहादुर कुमाल, एकेडेमीमा बिजय कुँवर, उपत्यकामा दिनेश तिमिल्सिना, अस्पतालमा हिरा केसी, बिशेष व्यूरोमा सुरेश गौतम, सिआइबीमा कल्पना सापकोटा र कल्याणमा मदन कुँवर कार्यरत छन् ।

    सबैभन्दा आकर्षक मानिने एकेडेमीको लेखाअधिकृत हुनका लागि शेखर मल्ल, दिपेन्द्र भट्ट, प्रकाश थापा, सुरेन्द्र केसी, फणीन्द्र रानाभाटबीच चर्को प्रतिस्पर्धा रहेको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार