Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ


    शुक्रबार, असार १० २०७९
    1.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

    आज शुक्रबार आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ । 

    मुढेँको आलुपनि ३६ रुपैयाँ प्रतिकेजी रहेको छ । सुकेको प्याज ३८ रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रुपैयाँ केजी रहेको छ । 
    स्थानीय काउली ५० रुपैयाँमै पाइन्छ । यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ । 

    लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४०, घिउसिमी ५०, राजमा ९० टाटेसिमी १८०, भटमास कोसा १५०, घिरौला ५०, चिचिण्डो २०, स्कुस ९० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी च्याउ कन्ये २४० रुपैयाँ प्रतिकेजी तोकेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । चुकुन्दर ७० रुपैयाँ प्रतिकेजी रहेको छ भने बन्दा रातो १२० रुपैयाँ रहेको छ । तामा १२० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार