Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ किलो गाँजासहित लाल काजी पक्राउ


    शुक्रबार, असार १० २०७९
    470
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।

    प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको  प्र ३–०२–०१० प ३४९३  नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार