Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा बिहानैदेखि भारी बर्षा, नदी तटीय क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आह्वान


    शुक्रबार, असार १० २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

    जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार