Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिउँसै घरमा लुटपाटः लाखौंका सुनका गहना चोरी


    बुधबार, असार ८ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी  गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलेको घरको मुल ढोका ताेडफोड गरेर  दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो । 

    घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए । 

    आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले बताए । घरको मुल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्थक्कसँग सुनका गहना खोजेर लगेको उनले बताए । 

    ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलवार दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए  ।   
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार