Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोराना भाइरस : अस्ट्रेलियामा प्रवेश निषेध 


    बिहिबार, चैत्र ६ २०७६
    600
    Shares
  • २ मिनेट पाठ
  • शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने निर्णय गरेको छ । 

    केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।

    शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया झन्डै ‘लक् डाउन’ भएको विस्वास गरिएको छ तर उक्त शब्द प्रयोग भने गरिएको छैन ।

    अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् ।

    अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय लिएको हो । विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार