Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची


    मंगलबार, असार ७ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
    आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

    संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले  ुसामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।
    आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    Screenshot (125).png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार