Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाना पकाउने ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी, घरायसी प्रयोजनमा सहुलियत दिइने


    सोमबार, असार ६ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने तयारी सरकारको तयारी छ । 

    नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ । 

    नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रंग फेर्ने तयारि भएको बताए ।

    ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए । 

    १० बर्षअघि २०६८ मा पनि खाना पकाउने एलपी ग्याँस ब्यापारिक र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै ब्यवस्था गर्न खोज्दा लागू हुन सकेको थिएन । आयल निगमले फेरि यही मोडलमा घरासयी प्रयोजनमा सहुलियत दिन खोजे पनि लागू गर्न भने निकै कठिन देखिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार