Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहकर्मीको लिंगको आकारबारे मजाक गर्ने प्रहरी अधिकारी बर्खास्त


    सोमबार, असार ६ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन । सहकर्मीको लिंगको आकारलाई लिएर मजाक गर्ने बेलायतका एक प्रहरी अधिकारी बर्खास्तगीमा परेका छन् । आफ्ना एक नयाँ सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने विल्टसायर प्रहरी विभागका प्रहरी अधिकृतलाई पाँच दिनको सुनुवाईपछि बिना सूचना बर्खास्त गरिएको हो । 

    रिड्ले प्रहरी स्टेसनमै अन्य सहकर्मीका अगाडि पीडितको ट्राउजर खोलेर उनको लिंग छुँदै ‘निकै सानो’ भन्दै खिल्ली उडाएको स्वीकार गरेका छन् । सुनुवाईका क्रममा सो घटनालाई उनले जोकको संज्ञा दिएका थिए ।

    उक्त घटना सन् २०२१ को नोभेम्बरमा डिभाइज प्रहरी चौकीमा भएको थियो । त्यतिबेला पीडित प्रहरी सेवामा भर्खरै भर्ना भएका थिए । 
    अदालतले रिड्सलाई आफ्नो सबै कर्तव्यबाट हटाएको थियो । अदालतले रिड्सलाई बेलायतको कुनै पनि प्रहरी सेवामा काम गर्न अनुमति नदिएको जनाइएको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार