Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्लाहीमा लाखौं रकमसहित ६ जना जुवाडे पक्राउ


    आइतबार, असार ५ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही ।  सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । 

    आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण र उनीहरूको साथबाट बरामद भएको रकम सार्वजनिक गर्न आलटाल गरिरहेको छ । 

    प्रहरीले लामो समय देखी जुवा खाल सञ्चालन भइरहेको सुराकीको आधारमा छापा मारेको थियो । पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाकोसमेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए । पक्राउ परेकालाई छुटाउने विषयमा दबाब सुरु भइसकेको एक प्रहरीले जानकारी दिए ।

    स्थानीयका अनुसार उक्त घरमा लामो समयदेखि जुवा सञ्चालन हुँदै आएको थियो । पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा राखेर सोधपुछ गरिएको प्रहरीको भनाइ छ । एसवी थापा/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार