Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिक्टा सिंचाईमा ८ अर्ब भ्रष्टाचार गर्नेलाई विशेष अदालतले दियो सफाइ 


    आइतबार, असार ५ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनामा ८ अर्ब रुपैयाँ अनियमितता गर्ने कालिका कन्ष्ट्रक्सनदेखि परामर्शदाता कम्पनी इआरएमसीसहित सिंचाई विभागका तत्कालीन आयोजना प्रमुख सरोजचन्द्र पण्डितसहितका २१ जना ब्यक्तिलाई बिशेष अदालतले सफाइ दिएको छ ।  

    सफाइ पाउनेमा कालिका कन्ष्ट्रक्सनका संचालक पूर्वमन्त्री एव राप्रपाका नेता विक्रम पाण्डे पनि छन् । त्यसका अलावा सेटिङमा परामर्शका अरबौंका ठेक्का लिने र सुपरभिजन नै नगर्ने इआरएमसीका संचालक उद्धवराज चौलागाईलाई पनि सफाइ दिइएको छ ।

      सिक्टा सिंचाई आयोजनाको निर्माणमा अनियमितता गरेको प्रमाणसहित अख्तियारले विक्रम पाण्डे,  कन्सलट््यान्ट उद्धवराज चौलागाई, आयोजना प्रमुख र सुपरिटेन्डेन्ट इन्जीनीयरहरु सरोजचन्द्र पण्डित, दिलीपकुमार कार्की, रमेश बस्नेत, सुशीलचन्द्र देवकोटालगायत २१ जना बिरुद्ध बिशेष अदालतले २१ मंसिर, २०७५ मा मुद्दा दायर गरेको थियो ।

    सिक्टाको बाँधदेखि पश्चिममा मूल नहरको निर्माणको जिम्मेवार रहेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका अध्यक्ष बिक्रम पाण्डे लगायतले उक्त आयोजना निर्माणका क्रममा भ्रष्टाचार तथा अनियमितता गरेको भन्दै अख्तियारले ८ अर्ब रुपैयाँ भष्टाचार गरेको रिपोर्टसहित मुद्दा दायर गरेको थियो ।

    तर ८ अर्ब भ्रष्टाचार गर्नेबिरुद्ध अख्तियारले दर्ता गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेसहितका २१ जनालाई सफाइ दिने फैसला सुनाएको हो । आयोगले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार