काठमाडौं।गत असार ३ गते नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कुटेर विवादमा तानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आइतबार संसद् सचिवालयमा उजुरी परेको छ ।
अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले आलेविरुद्ध संसद् सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन् । पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार संसद् सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका छन्।
मन्त्रीजस्तो पदमा रहेर पनि पर्यटनमन्त्री आलेले गत फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द प्रयोग गरी ठेगान लगाउनेसम्मको धम्की दिएको स्मरण निवेदनमा गरिएको छ ।