Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिसस बैठककाे निर्णय : नयाँ गाडी र पाहुना घर चाहियाे


    आइतबार, असार ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । जिल्ला समन्वय समिति बैतडीले प्रदेश र संघीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउँ भनि अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको पहिलाे बैठकले यस्तो निर्णय भएको हो ।

    समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको  जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जानकारी दिए । 

    यसैगरी, आइतबारकै बैठकबाट जिससको पाहुना घर पुर्ननिर्माणको लागि पनि प्रदेश सरकार समक्ष बजेट ब्यवस्थापनको  माग गरेकाे छ । समन्वय समितिको कार्यालयमा रिक्त कर्मचारीहरू पदपुर्तिको लागि माग गर्ने निर्णय पनि भएको छ ।

    जिल्ला समन्वय समितिको जिल्ला सभा पनि ३२ असारमा बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार